नियम २८
वायुयान तथा वायुयानको पार्टपूर्जाको उत्पादन, मर्मत तथा परीक्षण संभार सहितको विस्तृत मर्मत (ओभरअल) गर्ने संस्था सम्बन्धी व्यवस्था

(१) प्रचलित कानून बमोजिम इजाजत प्राप्त वायुयान तथा वायुयानको पार्टपूर्जाहरुको उत्पादन, मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत (ओभरअल) गर्न चाहने संस्थाले त्यस्तो कार्य गर्ने अनुमतिको लागि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा आवश्यक विवरण खुलाई अनुसूची–१ मा उल्लिखित शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै संस्थाको दरखास्त पर्न आएमा महानिर्देशकले आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित अन्य व्यवस्थको अधिनमा रही वायुयान
तथा वायुयानको पार्टपूर्जाहरुको उत्पादन, मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ( ओभरअल) गर्न अनुमति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको अनुमतिको अवधि एक आर्थिक वर्षको हुनेछ र अवधि समाप्त हुनु अगावै अनुसूची–१ मा उल्लेख भए बमोजिम शुल्क तिरी नविकरणको लागि महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम दिइने दरखास्तको ढाँचा र अनुमति नवीकरण सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।